सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कर्णालीमा तीन दिनदेखि हिमपात

कर्णालीमा तीन दिनदेखि लगातार हिमपात हुँदा चिसोले जनजीवन प्रभावित भएको छ । सोमबार रातिदेखि मुगु, हुम्ला, जुम्ला, डोल्पालगायत जिल्लामा हिमपात भइरहेको हो ।

मुगुको श्रीनगरकी महिला आँगनमा जमेको हिउँ पन्छाउँदै । तस्बिर ः राजबहादुर÷कान्तिपुर
हुम्ला सदरमुकाम सिमकोटमा दुई फिट हिउँ जमिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए । उनका अनुसार हिमपातले अत्यधिक चिसो बढेर स्थानीयलाई आउजाउ गर्न, पशु चौपायाको हेरचाह गर्न र दैनिक कामकाज गर्न समस्या भएको छ । धारामा बरफ जम्दा खानेपानी अभाव भएको र हुम्लामा तीन दिनदेखि हवाई उडान हुन नसकेको उनले बताए ।

Sana Kishan

मुगुको रारा, मुर्मा, कोटिलालगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । एकछिन मौसम खुल्ने र फेरि हिउँ पर्न सुरु गर्दा स्थानीयलाई घरबाहिर निस्कन र खेतीपातीको काममा कठिनाइ भएको रेडक्रसका जिल्ला सभापति जयबहादुर मल्लले बताए । उनका अनुसार जिल्लाभरिका सरकारी कार्यालयमा सेवाग्राहीको संख्या शून्य छ भने विद्यालय खुल्न सकेका छैनन् । हिमपातले कर्णालीका हिमाली जिल्लामा उडान नभएपछि यात्रु अलपत्र परेका छन् । सडक यातायात सेवा नभएको हुम्लामा झन्डै ३ सय यात्रुहरू अलपत्र परेको सिमकोट विमानस्थलका निमित्त प्रमुख चेतराज भट्टले बताए । उनका अनुसार हवाई सेवा बन्द हुँदा खाद्यवस्तु ढुवानीमा बाधा भएको छ । मुगुको रारा विमानस्थलमा पनि ३ दिनदेखि हवाई उडान भएको छैन । धावनमार्गमा बाक्लो हिउँ जमेपछि सुर्खेत र नेपालगन्जदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भर्न नसक्दा मुगुदेखि सुर्खेत र नेपालगन्ज झर्ने यात्रु अलपत्र परेका छन् ।

World Link Ads
Mahakali Polytechnic

यता, किसानलाई भने हिमपातले राहत दिएको छ । छायानाथरारा नगरपालिका–३ हेर्नीकाँधकी रामदेवी बुढाले ढिलै भए पनि माघमा हिउँ परेकाले तरकारी, जौ, गहुँ र स्याउको उत्पादन राम्रो हुने बताइन् । राजबहादुर शाहीले ईकान्तिपुर डटकममा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.