सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बढ्दै मकैको उत्पादन

बैतडीमा मुख्य खाद्यबालीका रुपमा रहेको मकैको उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा मकैको उत्पादन बढ्दै गएको हो ।

जिल्लामा मकै खेतिका लागि क्षेत्रफल नबढेपनि उत्पादकत्व बढ्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि अर्थ विज्ञ मिलन कडेँलले जानकारी दिए । क्षेत्रफल यथावत रहेको र पछिल्लो समय उत्पादकत्व भने बढेको पाइएको उनले बताए ।

कृषि अर्थ विज्ञ कडेँलका अनुसार बैतडीमा आर्थिक वर्ष २०७६÷७७ मा १९ हजार ४६४ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै २०७७÷७८ मा २० हजार १५९ र गत आर्थिक वर्ष २०७८÷७९ मा २१ हजार ९६० मेट्रिकटन मकै उत्पादन भएको छ । यो वर्षको तथ्याङ्क आइनसकेको र यो वर्ष पनि मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

किसानहरुले उन्नत जातको बिउको प्रयोग गरिरहेकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस्तै जिल्लाामा मुख्यमनत्री नमूना गाउँ कार्यक्रम सञ्चालनको तयारी छ । मेलौली नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुने अर्थ विज्ञ कडेलले बताए । यस्तै जिल्ला भरिका किसानहरुका लागि पनि कार्यक्रम सञ्चालन हुने उनले बताए ।

उन्त जातको बिउविजन, मलखाद फौजि किराका लागि विषादी वितरण गर्ने कार्यक्रम रहेको उनको भनाई छ । बैतडीको १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिन्छ । बैतडीको सबै ठाउँमा मकै खेती हुने गरेको भएपनि जङ्गली जनावरका लगायत विभिन्न प्राकृतिक विपद्का कारण उत्पादन अपेक्षा ढंगले बढ्न सकिरहेको छैन् ।

जिल्लाका कतिपय ठाउँका खेतहरु बाँदर , दुम्सी बदेंल लगायतका जंगली जनावरका कारण किसानहरुले बाँझै छाड्नु पर्ने बाध्यता छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.