सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीको जिम्मेवारी परित्याग

40
Sana Kishan

सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी परित्याग गरेकी छन ।

आफूले सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा जिम्मेवारी पाएकोले आफ्नो पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएकी हुन।

Arus
Karnali Traders

आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन उपसभामुखको जिम्मेवारीमा रहँदासम्म एमालेको राजनीतिक र साङ्गठनिक जिम्मेवारीमा नरहने उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छन ।

नेकपा (एमाले)का चौधरी सत्तापक्ष दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश सभाको उपसभामुखमा निर्वाचित भएकी हुन । उनी समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.