सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको ’क्लिन स्वीप’

42
Sana Kishan

न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ’क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ।

जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन÷तीन विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो ।

Arus
Karnali Traders

भारतका शुभमन गिलले १ सय १२ रन जोडे । कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए । न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन÷तीन विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अब तीन खेलको टी–२० शृङ्खला हुनेछ ।

पहिलो खेल शुक्रवार, दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।  उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.