सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज माघ १० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

आजको पञ्चाङ्ग
वि.सं. माघ १०, २०७९ । ई.सं. २४ जनवरी २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ पोहेलागा । नल उत्तरायण शिशिर । मंगलबार माघ शुक्लपक्ष । तिथि– तृतीया, २०ः१५ बजे उप्रान्त चतुर्थी । नक्षत्र– शतभिषा, २७ः०७ बजे उप्रान्त पूर्वभाद्रपदा । योग– वरियान्, २६ः४५ बजे उप्रान्त परिघ । करण– तैतिल ९ः१९ बजेदेखि गर, २०ः१५ बजे उप्रान्त वालव । चन्द्रराशि कुम्भ । आनन्दादि योग मृत्यु । दिनमान २६।४० । सूर्योदय ६ः५६ । सूर्यास्त १७ः३६ । पञ्चक ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।

World Link Ads

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अतः स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close