सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बागमती प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

37
Sana Kishan

बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ।

शनिबार रामेछापको मन्थलीमा भएको फाइनल खेलमा प्रतिस्पर्धी रामेछापलाई लगातार ३ सेट हराएर चितवनले उपाधि जितेको हो।

Arus

चितवनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो। नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाले सहभागिता जनाएका थिए।

Karnali Traders

शुक्रबार भएको सेमिफाइनलको खेलमा धादिङलाई पराजित गर्दा रामेछाप र सिन्धुपाल्चोकलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेका हुन्।

यस्तै धादिङलाई पराजित गर्दै सिन्धुपाल्चोकले तृतीय स्थान हासिल गरेको छ। उपाधि जितेको चितवनले २ लाख नगद, द्वितीय हुने रामेछापले १ लाख, तृतीय हुने सिन्धुपाल्चोकले ५० हजार र सान्त्वना हुने धादिङले नगद ३० हजारसहित शिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

चितवनका नवीन महतो पुतली उत्कृष्ट खेलाडी घोषित भए भने रामेछापका भरत घिमिरे उत्कृष्ट स्पाइकर घोषित भएका छन्। सन्तोष ढुंगेलले अन्नपुर्ण पोस्टमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.