सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विगतको कमजोरी स्वीकार्दै प्रचण्डले भने–‘यो कार्यकाल फरक सङ्कल्पका साथ प्रस्तुत हुनेछु’

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफू फरक ढङ्गले प्रस्तुत हुने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभामा दलहरूसँग विश्वासको मत माग्दै प्रचण्डले विगतका कमजोरीबाट पाठ सिकेर अघि बढ्न चाहेको उल्लेख गरे ।

उनले विदेशमा रहेका लाखौँ नेपालीलाई स्वदेश फर्काएर यहीँ रोजगारीको सिर्जना गर्न पनि दलहरूबिच आपसी सम्बन्ध हुन आवश्यक रहेको उल्लेख गर्दै देशको कायापलट गर्ने हो भने ६० खर्ब बजेट जुटाउन सक्नुपर्ने अवस्था रहेको बताए । त्यसका लागि पनि दलहरूबिच विश्वासपूर्ण वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रियता, परराष्ट्र सम्बन्ध, रणनीतिक विकासका लागि राष्ट्रिय सहमतिको विकल्प आफूले नदेखेको उनले बताए । शान्ति प्रक्रियाका केही काम अझै बाँकी रहेकोले अझै सहमति आवश्यक रहेको सबै एक ठाउँमा उभिएर विश्वलाई नेपालको रूपान्तरण देखाउन आवश्यक रहेको भन्दै अपिल गरे ।

World Link Ads
Mahakali Polytechnic

ल्बदष् िदबलप
उनले भने–‘यस पटक म यो रोष्टममा आत्मसमिक्षा सहित उपस्थित भएको छु । यसअघि म नौ नौ महिना २ पटक प्रधानमन्त्री भएँ । आज यो स्वीकार गर्न मलाई कुनै सङ्कोच छैन, पहिलो पटक प्रधानमन्त्री हुँदा न मसँग अनुभव थियो न टिम, विभाजित मनोदशा र पार्टीभित्रकै सङ्घर्षमा म रुमल्लिएँ । सिक्दा सिक्दासिक्दै र भित्रै जुध्दा जुध्दैमा मैले प्रधानमन्त्री पदबाट अप्रिय ढङ्गबाट राजीनामा दिने अवस्था आयो । तैपनि मैले त्यस बेला सुरु गरेको उत्तर दक्षिण कोरिडोर, किसानको ऋण मिनाहा र विद्युतीकरणमा तीव्रता दिने प्रयासले राष्ट्रिय जीवनमा प्रभाव पारेको छ भन्ने सोच्दा मलाई विशेष सन्तोषको अनुभूति हुन्छ ।’

Sana Kishan

प्रचण्डले आफ्नो दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठुलो उतारचढाव आएको बेला भएको बताउँदै मधेस आन्दोलन, संविधान कार्यान्वयनमा विश्वास नजागेको बेला संविधान कार्यान्वयनका लागि पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको बताए । आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउन सफल भएको, लोडसेडिङ अन्त्य गर्न सफल भएको उल्लेख गरेको उल्लेख गर्दै इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गरेको बताए ।

उनले यस पटक आफू फरक सङ्कल्पका साथ प्रस्तुत भएको बताउँदै आफूले विश्वासको मत पाएमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले राजनीतिक कमजोरीको स्वीकारोक्ति गर्दै राजनीतिक दलमा कमजोरी नभएको भए लाखौँ लाख नेपालीहरू विदेशी भूमिमा पसिना बगाइरहेको अवस्थामा नहुने उल्लेख गरे । ५० लाख बढी जनताहरू अझै पनि गरिबीमा नहुने बताउँदै हाम्रा विश्वविद्यालयहरू क्यालेन्डर बनाउन समेत नसक्ने गरी भद्रगोल नहुने बताए ।

शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको नियन्त्रण बाहिर गइरहेको, विकास निर्माणको काम लथालिङ्गको अवस्थामा पुगेको र खेलाडीहरूलाई अरू सुविधा त परै जाओस् डाइटको समेत व्यवस्था गर्न नसक्ने अवस्था भएको बताए । उनले जनतामा हामीप्रति एक किसिमको अविश्वास छ भन्ने तथ्य लुकाएर हैन त्यो अवस्था छ भनेर त्यसलाई बदल्न संसद्को विश्वास चाहेको बताए । रातोपाटीबाट सभार 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.