सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्री निङ्लाशैनी माताको दर्शन गरी हेर्नुहोस् आज – २२ पौष २०७९ शुक्रवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

Sana Kishan

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ । शुभयात्राको योजना बन्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा पनि सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल ( हाम्रो पात्रो)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.