सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीलंकासँगको पहिलो टि–२० क्रिकेटमा भारत २ रनले विजयी

घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टी–२० क्रिकेटमा २ रनले विजयी भएको छ । योसँगै तीन खेलको टि–२० श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा भारतले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १ सय ६० रनमा समेटियो । श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २÷२ विकेट लिए ।

Sana Kishan

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । भारतका दिपक हुडा ४१ तथा अक्षर पटेल ३१ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३७ रन बनाए ।

World Link Ads
Mahakali Polytechnic

श्रीलंकाका दिल्शान मधुशंका, महेश तिक्षणा, चमिका करुणारत्ने, धनन्जय डा शिल्भा र वानिन्दु हसरंगाले समान एक÷एक विकेट लिए । दुई देशबिचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.