सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लुम्बिनीसँग ५ रनले हार्‍यो जनकपुर

हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा मंगलबार जनकपुर रोयल्सलाई पाँच रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ६ विकेट गुमाएर एक सय ७८ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्रै बनाउन सक्यो।

जनकपुरका लागि चाडविक वाल्टनले ३६ बलमा तीन चौका र चार छक्कासहित ५९ रनको अविजित अर्धशतकीय इनिङ खेले। कप्तान ट्रेभोन ग्रिफिथ, शारफुद्दिन असरफ र सन्दीप जोराले २६–२६ रन लिए।
समिउल्लाह शिनवारीले १३ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गरेनन्। लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले एक–एक विकेट लिए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पहिलो इनिङमा लुम्बिनीका लागि ४७ बलको सामना गरेका हरमितले पाँच चौका र ६ छक्कासहित ७३ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

पहिलो विकेटका लागि हरमितसँग ७७ रनको साझेदारी गरेका लहिरु मिलान्थाले ३३ तथा कुशल भुर्तेलले १७ रन जोडे। ह्यारी टेक्टर १८ तथा अनिल साह १० रनमा अविजित थिए।

शारफुद्दिन असरफले जनकपुरका लागि सर्वाधिक तीन विकेट लिए। त्यसबाहेक ललित राजवंशी, जितेन्द्र मुखिया र समिउल्लाह शिनवारीले एक–एक विकेट लिए।

जितसँगै आठ खेलपछि लुम्बिनीको १४ तथा जनकपुरको १० अंक छ। लुम्बिनी प्लेअफमा पुगिसकेको छ भने जनकपुर पनि नजिक छ। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.