सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौले विराटनगरलाई ३४ रनले हरायो

नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज मङ्गलवार भएको पहिलो खेलमा काठमाण्डौ नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले हराएको छ ।

काठमाण्डौले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर ८ ओभर ५ बलमा ५८ रनमै अलआउट भयो । विराटनगरका लागि गौरन्शु शर्माले सर्वाधिक २२ रन बनाए । काठमाण्डौका कमलसिंह ऐरीले तीन तथा अनिल खरेल र सुनम गौतमले दुई÷दुई विकेट लिए ।

Sana Kishan

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौले ९ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाण्डौका लागि सन्दीप रजालीले नटआउट ३२ रन बनाए । विराटनगरका नन्दन यादवले तीन विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

योसँगै जितसँगै काठमाण्डौ सात खेलमा आठ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर चार अङ्कसहित पाँचौँ स्थानमा छ ।

Dirghayu Ads

यसअघि विवादका कारण बिहान खेलाडीको टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । (क्यान) ले खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरु भएको हो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.