
महेन्द्रनगर । कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी बैंकद्धारा पुरस्कृतका लागि घोषणा भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औ साधारण सभाका अवसरमा शनिबार सहकारी बैंकहरुसँग उत्कृष्ट कारोबार विधामा मेगा पुरस्कृत भएको हो ।
मेगा गत आर्थिक वर्षमा सहकारी बैंक अधिकत कारोबार गरेको आधारमा पुस्कृत भएको हो । १५ हजार शेयर सदस्य रहेको मेघा बचत तथा ऋण सहकारी नौ वडा शाखामार्फत कारोबार गरिरहेको सहकारीका कार्यकारी निर्देशक सुनिल कुमार सेठीले बताए । उनका अनुसार सहकारीले आफ्ना सबै कारोबार बैंकमार्फत गदैँ आएको छ । करिब छ करोड शेयर पुजी रहेको यस सहकारीको ४० करोड बचत रहेको छ ।

देश पाटी बाट सभार
