सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टी–२० लिगमा जनकपुरको पाँचौँ जित, फार वेस्ट ७९ रनमै अलआउट

22
Sana Kishan

नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज सोमवार भएको दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ ।

जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५ ओभर १ बलमा ७९ रन बनाउँदा अलआउट भयो । उसका लागि हशमतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ जनकपुरका समिउल्लाह शिनवारीले तीन तथा सोमपाल कामी र पवन सर्राफले दुई÷दुई विकेट लिए ।

Arus
Karnali Traders

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनायो । जनकपुरका लागि सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए । बलिङतर्फ फार वेस्टका प्रकाश जैसीले तीन र भुवन कार्कीले दुई विकेट लिए ।

जनकपुर सात खेलमा पाँच खेल जित्दै १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको फार वेस्टले एक खेल जित्दा दुई अङ्कसहित पुछारमा छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.