सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘आईएमई पे’ एप अब नेपाली भाषामा

25
Sana Kishan

अबदेखि ‘आइएमई पे’ एप नेपाली भाषामा पनि अद्यावधिक हुने भएको छ । बैकिङ पहुँच नपुगेका ठाउँमा पनि सेवाग्राहीलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइृएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो ।

Karnali Traders

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आईएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीका लागि सार्वजनिक गरिएको यस विशेषताका लागि प्रयोगकर्ताले सर्वप्रथम प्ले स्टोर वा एप स्टोरमा गएर आईएमई पे एप डाउनलोड गर्नुपर्ने हुन्छ । पुरानो प्रयोगकर्ताले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गइ दायाँपट्टि रहेको इन (EN) सङ्केतबाट नेपाली भाषा रोज्न सक्ने छन् । नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेलगत्तै त्यो फिचर प्राप्त गर्न सक्ने छन् ।

Arus

यसपछि प्रयोगकर्ताले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पे मार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सक्ने छन् । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नका साथै प्रयोगकर्ताले एपमा रहेको रकममा सात दशमलव १३ प्रतिशत ब्याज कमाउन सकिने जस्ता नवीनतम सुविधाहरू आईएमई पे एपमा उपलब्ध छन् ।  उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.