सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विराटनगरलाई हराउँदै लुम्बिनी नेपाल टी –२० को प्ले अफमा

लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित गरेको छ। जितसँगै सुरुआती सातमध्ये ६ खेलमा जित निकालेको लुम्बिनी प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ९ विकेटको क्षतिमा एक सय २२ को योगफल खडा गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय १० रन मात्रै बनाउन सक्यो। विराटनगरका लागि ओपनर अर्जुन साउदले ४१ तथा विवेक यादवले १९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, शाड्ली भान स्कालक्यक र तिलक भण्डारीले दुई–दुई विकेट लिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, हरमित सिंह र किशोर महतोले एक–एक विकेट लिए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पहिलो इनिङमा लुम्बिनीका लािग दीपेन्द्रले ४२ बलमा ६ चौकासहित अविजित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

Dirghayu Ads

विराटनगरका लागि नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले दुई–दुई विकेट लिए। त्यसबाहेक राज ननन र किओन जोसेफले एक–एक विकेट लिएका थिए।

जितसँगै सात खेलबाट १२ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ। पराजित विराटनगर ६ खेलबाट चार अंक जोडेर पाँचौं स्थानमा छ। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.