
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ। आइतबार एक कार्यक्रमबीच विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले उद्घाटन गरेका हुन्।
यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलबाट यति,बुद्ध, सूर्य र गुण लगायतका एयरलाइन्सले उडान समेत गरेका छन्। यो विमानस्थल २४ सैं घण्टा संचालन गर्न सकिने हिसाबले निर्माण भएको जनाइएको छ।

विमानस्थल संचालनमा आएपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। पोखरेलीको महत्वाकांक्षी योजना पुरा भएकाले उद्घाटन समारोहमा सहभागिताका लागि महानगरपालिकाले आइतबार सार्वजनिक बिदासमेत दिएको छ।

विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि आफूले काम गर्ने बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभएर सिङ्गै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व महसुस गरेको बताए । गोदावरी न्युज बाट सभार
