सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्छु ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नागरिकको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकी जीवन देशको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर चुनावका बेला नागरिकसमक्ष कबुल गरेको उल्लेख गर्दै त्यहीअनुसार आफूले काम गर्ने बताउनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका नागरिकले पटक–पटक गरेको आन्दोलन, सङ्घर्ष, अनशन तोड्नका लागि म आफैँले लिएका पहलकदमी र भूमिका स्मरण गरिराखेको छु । यो विमानस्थलले यस जिल्लाको र सिँगै राष्ट्रको पनि आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने कुरामा कसैले पनि दुईमत राख्दैन । मैले भनेको छु– यो पटक हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको मूलमन्त्र बनाएर नागरिकको निम्ति समर्पित भएर काम गर्ने अठोट गरेका छौँ । यहाँहरूलाई थाहा छ– मैले चुनावको अभियानको दौरानमा देशैभरि घुम्दा पनि सामाजिक न्याय, सुशासन र विकास नै अब देशको एजेन्डा बन्नेछ, बन्नु पर्दछ भनेको थिएँ । शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेताको हैसियतले पनि मैले बाँकी जीवन आर्थिक विकास र समृद्धिमा, सामाजिक न्याय र सुशासनमा भनेर मैले नागरिकको अगाडि कबुल गरेको छु ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रधानमन्त्री प्रचण्डले यो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको बताउनुभयो । उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

Dirghayu Ads

प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक विकासका लागि ’कनेक्टिभिटी’ को महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा योगदान पु¥याउने बताउनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा पोखरा विमानस्थल निर्माणमा योगदान पु¥याउने पूर्वपर्यटनमन्त्रीहरूलाई पनि सम्मान गरिएको थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.