सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जसपाबाट सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

17
Sana Kishan

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

शनिबार बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिएको हो । यही पुस १८ र १९ गते जसपाले राजनीतिक समितिको बैठक बोलाएको छ । त्यही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनु भयो ।

Arus
Karnali Traders

बैठकमा चुनावको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताउनु भयो ।

यस्तै, अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.