सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको दोस्रो जित : लुम्बिनी ९ विकेटले पराजित

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।

पोखराका आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । आसिफ ७७ रन र आरिफ २६ रनमा अविजित रहे । सुमित महर्जन १३ रनमा आउट भए । लुम्बिनीका किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

Sana Kishan

लुम्बिनीका हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । पोखराका विपिन खत्री र जाहिर खानले समान ३÷३ तथा आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले समान १÷१ विकेट लिए । पाँच खेलमा अपराजित लुम्बिनी छैटौँ खेलमा पोखरासँग हारेको हो । लुम्बिनी ६ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । ७ खेलमा २ खेल जितेको पोखरा ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

World Link Ads
Mahakali Polytechnic

आज हुने दोस्रो खेलमा अहिले एक बजे जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्ककासाथ चौथो स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा काठमाण्डौ, पोखरा, फार वेस्ट, जनकपुर, विराटनगर र लुम्बिनी गरी ६ टोली सहभागी छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.