सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकाका लागि चिनियाँ राजदूत क्याङ चीनको विदेशमन्त्रीमा नियुक्त

चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरेको छ ।

अक्टोबरमा सम्पन्न २०औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बनेका क्याङलाई अमेरिकाबाट फिर्ता बोलाएर विदेशमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ ।

Sana Kishan

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्म अध्ययन गरेका क्याङ सन् २०१७ मा सहायक विदेशमन्त्री र एक वर्षपछि उपविदेशमन्त्री बन्नुभएको थियो । उहाँ सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बन्नुभएको हो । यसअघि चीनको विदेशमन्त्री वाङ यी हुनुहुन्थ्यो ।

World Link Ads
Mahakali Polytechnic

चीन–अमेरिका सम्बन्ध बिग्रिरहेको बेला चीनले अमेरिकामै राजदूत रहेका व्यक्तिलाई बोलाएर विदेशमन्त्री बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चीनसँगको सम्बन्ध खराब अवस्थामा रहेको अष्ट्रेलियाले चीनसँग निकट मानिएका पूर्व प्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो ।उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.