सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा समाजवादीको नेतामा सोडारी चयन

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।

पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा शुक्रबार बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो।

Sana Kishan

सोडारी हालै सम्पन्न निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए।

World Link Ads
Mahakali Polytechnic

सोडारी अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत छन्। यस्तै, धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र समानुपातिकतर्फकी माया पन्तलाई सचेतक तोकेको छ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन्। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.