
नेपाल टी–२० प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको छ ।
पोखराले आज छैटौँ खेलमा खाता खोलेको हो । फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लागि आशिफ शेखले ४५, कुशल मल्लले ४० र सुमित महर्जनले ३८ रन बनाए ।


फार वेस्टका प्रकाश जोशी, उमर अलि र करण केसीले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका लागि उमर अलीले ४२, देव खनालले ३३ र रशिद खानले ३२ रन बनाएका थिए । पोखरा २ अंकसहित पुछारमा छ भने २ अङ्क नै रहेको फार वेस्ट पाँचौँ स्थानमा रहेको छ ।
प्रतियोगितामा लुम्बिनी, जनकपुर, काठमाण्डौ, विराटनगर, फार वेस्ट र पोखरा गरी ६ टोलीको सहभागिता छ । उज्यालो अनलाइन बाट सभार
