सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका नवनिर्वाचित सांसदले भोलि पुष १५ गते शपथ लिने

25
Sana Kishan

सुदूरपश्चिम प्रदेश सभाका निर्वाचित प्रदेश सभा सदस्यलाई भोलि पुस १५ गते शपथ ग्रहण गराइँदैछ । प्रदेश सभा सदस्यहरूलाई शपथ गराउनका लागि सबै तयारी सकिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका लागि प्रदेश सभा भवन सिँगारिएको छ।

संविधानको धारा १७९ बमोजिम प्रदेश सभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष शपथ लग्नुपर्ने प्रावधान रहेको छ। प्रदेश प्रमुख समक्ष शपथ लग्दा प्रदेश प्रमुखले सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र ती ज्येष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई शपथ खुवाउनु पर्ने प्रावधान छ। त्यही अनुसार भोलि दिउँसो कार्यक्रम तय गरिएको हो।

Arus
Karnali Traders

प्रदेश सभामा निर्वाचित सदस्य मध्य अछाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुखले शपथ खुवाउने छन्। प्रदेश प्रमुखले शपथ गराएपछि उनले प्रदेश सभाका बाँकी ५२ प्रदेश सभा सदस्यलाई शपथ गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए।

सुदूरपश्चिममा निर्वाचित ५३ प्रदेश सभा सदस्यहरूमध्ये नागरिक उन्मुक्ति पार्टीका पत्यक्षमा निर्वाचित ५ जना र नेपाली कांग्रेसबाट समानुपातिकमा निर्वाचित गीता चौधरीले आफ्नो मातृ भाषा (थारु भाषा) मा शपथ ग्रहणका लागि सूचना दिएका छन्। अन्य सदस्यहरूले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन्। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.