सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टी–२० लिगमा जनकपुरले फार वेस्टलाई हरायो

31
Sana Kishan

नेपाल टी–१० लिग (एनएसएल) क्रिकेट प्रतियोगितामा जनकपुर रोयल्सले फार वेस्ट युनाइडेटलाई आठ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको एक सय ७० रनको लक्ष्य जनकपुरले १० बल बाँकी छँदै दुई विकेटमात्रै गुमाएर भेटायो । जनकपुरका लागि सन्दीप जोराले नटआउट ७७ र चाडविक वाल्टनले ६९ रन बनाए । फार वेस्टका करन केसीले दुई विकेट लिए ।

Arus
Karnali Traders

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६९ रन बनाए । फार वेस्टका लागि करन केसीले १७ बलमा नटआउट ४६ रन बनाए । उनले अन्तिम ओभरमा २६ रन बनाएका थिए । यस्तै भीम सार्कीले नटआउट ३६ रन बनाए । जनकपुरका ललित राजवंशीले दुई विकेट लिए ।

यो जितसँगै जनकपुर चार खेलमा छ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । फार वेस्ट दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.