सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टी–२० लिगमा विराटनगरको पहिलो जित, पोखराको लगातार चौथौ हार

36
Sana Kishan

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बुधवार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय ४० रनको लक्ष्य विराटनगरले १७ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायो । विराटनगरका लागि हुसैन तलातले नटआउट ५० रन र अर्जुन साउदले २५ रन बनाए । बलिङतर्फ पोखराका कुशल मल्ल र शरद भेषवाकरले दुई÷दुई विकेट लिए ।

Arus
Karnali Traders

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । पोखराका लागि कुशल मल्लले १८ बलमा ३७ रन र सिद्धान्त लोहनीले २६ रन बनाए । बलिङतर्फ पोखराका हुसैन तलाल र राज ननानले दुई÷दुई विकेट लिए ।

आजको जितसँगै विराटनगर दुई अङ्कसहित तालिकाको चौथो स्थानमा पुगेको छ । लगातार चार खेल हारेको पोखरा तालिकाको पुछारमा छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.