सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नयाँ सरकारबाट देशको अर्थतन्त्र सुधार हुने विश्वास : राष्ट्रिय व्यवसायी महासङ्घ

15
Sana Kishan

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ ।

Karnali Traders

महासङ्घले देशको ४४ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज मङ्गलवार विज्ञप्तिमार्फत बधाई तथा शुभकामना दिँदै नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको हो ।

Arus

महासङ्घका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको गठनसँगै देशको आर्थिक विकासले गति लिने र देशमा रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । महासङ्घले राजनीतिक स्थायित्वका लागि सरकारमा आबद्ध साथै प्रतिपक्षमा रहने राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्र निर्माण गर्न सरकार सफल रहोस् भन्ने कामनासमेत गरेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.