सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।

थाहा खबर बाट सभार
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.