सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ग¥यो यस्ता निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनताका समस्या सम्बोधन गर्ने संकल्प लिएको बताएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले जनताले पाइरहेका समस्या अब सम्बोधन गरिने बताए।

’जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखहरूलाई कम गराउन। राहदानीसम्बन्धी समस्या समाधान गर्न। लामा लामा लाइन र पीडा जुन देखिएका छन्। त्यसलाई समयभित्रै नियन्त्रण गर्ने र प्रभावकारी ढंगले जनतालाई सेवा दिन हामी केन्द्रित भएका छौं,’ उनले भने।

Sana Kishan

उनले देशमा थुप्रै जटिलता र चुनौतीहरू भएको भन्दै त्यसलाई समाधान गर्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालकोफप अर्थतन्त्रको स्थितिलाई सुधार्नेतर्फ पनि संकल्प लिएको बताए। ’नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशामा छ। त्यसलाई सुधार्न प्रभावकारी उपाय खोजेर अगाडि बढ्ने संकल्प लिएका छौं। सुशासनतिर गम्भीर ढंगले अगाडि बढ्छौं,’ उनले भने। उनले छिट्टै प्रतिनिधिसभा बैठक बोलाउने बताए। त्यसबारे मन्त्रिपरिषद् बैठकले निर्णयसमेत गरेको उनले बताए।

World Link Ads

उनले निर्वाचनमा जस्तोसुकै परिणाम देखिए पनि सबैलाई समेटर सरकार बनाएको बताए। ’गएको निर्वाचनमा जस्तो प्रकृतिको परिणाम जस्तो देखियो। त्यसलाई समेटेर मन्त्रिपरिषद् बनाएको छ। यसले आशा पनि जगाएको छ,’ उनले भने।

प्रचण्डले आजै कार्यभार सम्हाल्दै सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close