सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४ देश सहभागी भलिबल च्याम्पियनशिपमा नेपाल चौथो

बङ्गलादेशमा भएको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ ।

बङ्गलादेशको ढाकामा आज सोमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो ।

Sana Kishan

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।

World Link Ads
Mahakali Polytechnic

नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो ।

Dirghayu Ads

यस जितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो । आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान खेल्दै छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.