सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा राजीनामा

29
Sana Kishan

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गर्नुभएका पाण्डेले आज शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो ।

बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उहाँको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे कानुनविद् र प्रदेश प्रमुखसँग छलफल गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

Arus
Karnali Traders

सचिवालयका अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै आफ्नो कार्यभार सम्हालिरहन निर्देशनसमेत दिनुभएको छ ।

पाण्डेले २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । पाण्डे एमालेका भूमि त्रिपाठीलाई हराएर धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ ।

पाण्डेभन्दा पहिले बाग्मतीमा नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री हुनुभएको थियो । पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया खुला भएको छ । हरि हुमागाईंले उज्यालो अनलाइनमा लेखेका छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.