सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेयर बालेन्द्रलाई नफुट्ने तबला उपहार दिएको छु : केपी शर्मा ओली

39
Sana Kishan

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई तबला उपहार दिएका थिए ।

¥याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकार अखण्ड भण्डारीले प्रश्न गर्छन्, ‘¥याप गायकलाई तबला किन उपहार दिनु भएको ?’

Arus
Karnali Traders

जवाफमा ओलीले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए ।

‘मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाडौंका गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ,’ ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’

उनले आफूले किन तबला दिएको भन्ने थाहा नभए पनि दिन मन लागेर दिएको बताए । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.