सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा आजदेखि तीन दिन सम्म भुवा पर्व मनाइदैँ

बाजुरेली सेवा समाजले कैलालीको धनगढीस्थित खुलामञ्चमा आजदेखि तीन दिन सम्म भुवा पर्व मनाइदैँछ । बाजुरेली सेवा समाजको आयोजनामा यहि आजदेखि १० गते तीन दिन सम्म भव्य रूपमा भुवा पर्व मनाउन लागेको हो।

Sana Kishan

यो पर्व सुदूरपश्चिमका बाजुरा,अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ । बाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्वमा बिहानै मुढा जलाएर सुरुवात गरिनेछ । शुक्रबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।

बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष थापाले बताए । त्रेतायुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.