सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतरूपमा चयन गरेको छ ।

Sana Kishan

आज बिहीवार दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो । आजै दिउँसो बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको थियो । त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यो निर्णय अनुमोदन गरेको हो ।

यस्तै बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभामा दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close