सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनसेलले ३ लाख रुपैयाँ नगदसहित ’वुमन आइकन आईसीटी अवार्ड’ दिँदै

महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्न एनसेलले ’वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्ने भएको छ ।

भोलि शुक्रवार (पुस ८ गते) द सोल्टी काठमाण्डौमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले यो अवार्ड प्रदान गर्ने भएको हो । ’एनसेल वुमन आइकन आईसीटी अवार्ड’ विजेतालाई तीन लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।

Sana Kishan

एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलालाई सम्मान र उत्प्रेरित गर्न ’वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्दै आएको छ । गएको वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ’एनसेल वुमन आइकन आईसीटी अवार्ड’ बाट सम्मानित हुनुभएको थियो ।

World Link Ads
Mahakali Polytechnic

महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरूप एनसेलले आईसीटी अवार्डमा आवद्ध भइ यो अवार्ड प्रदान गर्दै आएको छ ।

Dirghayu Ads

भोलि शुक्रवार सोल्टी होटलमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वको सहभागितामा आईसीटी अवार्डको ग्रान्ड फिनाले हुँदैछ । फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आईसीटी अवार्ड वितरण गरिँदैछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.