सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपतिबाट संसदका ज्येष्ठ सदस्य जबराले आज शपथ लिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई आज पद तथा गोपनीयतको शपथ गराउने भएकी छन् ।

बुधबार दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा जबरालाई शपथ ग्रहण गराइने छ ।

ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधिसभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

नागरिकता प्रमाणपत्र अनुसार जबरा सबैभन्दा ज्येष्ठ सदस्य ठहरिएका हुन् । उनको जन्म मिति विसं १९९८ मंसिर २४ गते रहेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.