सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते

42
Sana Kishan

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ ।

प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी यूवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।

Arus
Karnali Traders

सूचना अधिकारी जैशीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ को ९२० बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने भएका हुन् ।

यहाँ ५३ जना प्रदेशसभा सदस्यहरू छन् । यस्तै सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.