सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।

प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् ।

Sana Kishan

एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्बाप्पेको गोलसङ्ख्या समग्रमा १२ गोल पुगेको छ ।

World Link Ads
Mahakali Polytechnic

कतार विश्व कप फुटबलमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए । फाइनल खेलसँगै कतारमा जारी विश्व कप फुटबल पनि सकिएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.