सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ

42
Sana Kishan

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका खेले ।

Arus
Karnali Traders

उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे । मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

यो प्रतियोगितामा फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.