सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

22
Sana Kishan

फिफा विश्वकपको तेस्रो स्थानका लागि शनिबार राति भएको प्ले अफमा मोरक्कोलाई २–१ गोलको नतिजामा पराजित गर्दै क्रोएसियाले कास्य पदक जितेको छ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग स्तब्ध बनेको थियो। दुवै सेमिफाइनलमा पराजित भएका टिम खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुँदा क्रोएसियाले बाजी मार्यो।

Arus

जोस्को भार्डियोलले सातौं मिनेटमा गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै असरफ दारी गोल गर्दै अफ्रिकी मुलुक मोरक्कोलाई बराबरीमा ल्याएका थिए।

Karnali Traders

यद्यपि, पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटमा सोही अग्रताको बचाउ गर्दै क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो।

सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएसिया पहिलो प्रयासमै तेस्रो भएको थियो। फ्रान्समा भएको त्यो विश्वकपमा तेस्रो बन्न नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

चार वर्षअघि रुसमा भएको विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। मोरक्को भने विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक हो। त्यस्तै, दक्षिण अमेरिका र युरोपेलीबाहेक तेस्रो मुलुक हो। यसअघि अमेरिका र दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएका थिए। अन्नपूर्ण  पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.