सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकप फाइनलः अर्जेन्टिना भर्सेज फ्रान्स, मेसी भर्सेज एम्बाप्पे

कतारमा जारी फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। आइतबार राति दोहास्थित लुसेल रंगशालामा हुने खेलमा लियोनेल मेसीको अर्जेन्टिना र किलियान एम्बाप्पेको फ्रान्स आमनेसामने हुनेछन्।

अर्जेन्टिना मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गर्दै फाइनलमा पुगेको थियो। बुधबार भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई ३–० ले हराउँदै साविक विजेता फ्रान्स उपाधि नजिक पुगेको छ।

 

सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा दोस्रो पटक विश्वकप जितेको अर्जेन्टिनालाई तेस्रो विश्वकप जिताउने लक्ष्यमा छन्, मेसी। अर्कातिर, सन् १९६२ देखि हुन नसेकेको विश्वकप उपाधि रक्षा गराउँदै फ्रान्सलाई तेस्रो पटक विश्वकप विजेता बनाउने योजना एम्बाप्पेको छ।

 

World Link Ads

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरणको पहिलो खेलमा साउदी अरबसँग २–१ गोलको अप्रत्यासित हार बेहोरेको अर्जेन्टिनाले पोल्यान्ड र मेक्सिकोलाई २–० को समान नतिजामा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।

Sana Kishan

अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको दक्षिण अमेरिकी महारथीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग पेनाल्टीसम्म पुग्नु परेको थियो।

 

डच टिमलाई पेनाल्टीमा स्तब्ध बनाउँदै अन्तिम चारमा आइपुगेको मेसीको टिमले फाइनल प्रवेशका लागि क्रोएसियाविरुद्ध शानदार जित निकालेको थियो। विश्व फुटबलका सर्वकालिन महानमध्ये एक मेसीले विश्वकपको अन्तिम खेलमा सबैभन्दा लोकप्रिय उपाधि चुम्न चाहन्छन्।

फ्रान्सको फाइनल यात्रा

फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै विश्वकपको उपाधि रक्षा अभियान सुरु गरेको थियो। दोस्रो खेलमा डेनमार्कविरुद्ध २–१ गोलको जित निकाल्दै एक खेल अगावै अन्तिम १६ मा पुगेको फ्रान्स अन्तिम खेलमा ट्युनिसियासँग १–० को नतिजामा पराजित भएको थियो।

 

प्रि–क्वार्टरफाइनलबाट क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले पोल्यान्डविरुद्ध ३–१ गोलको जित निकालेको थियो। अन्तिम आठमा इङ्ल्यान्डलाई २–१ को नतिजामा पराजित गर्दै अन्तिम चारमा आइपुगेको फ्रान्सले सहजै फाइनल यात्रा तय गर्यो। जारी विश्वकपमा विपक्षी खेलाडीबाट एक गोल पनि नखाएको मोरक्कोविरुद्ध २–० को जित निकाल्दै फ्रान्स उपाधि रक्षा गर्न एक जित मात्रै टाढा छ।

जारी विश्वकपमा फ्रान्सेली टिमका मुख्य सदस्य रहेका एम्बाप्पे यदि उपाधि रक्षा गराउन सफल भए भने २४औं जन्मदिन मनाउनुअघि उनीसँग दुई विश्वकप हुनेछन्। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close