सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

८ वर्षपछि अर्जेन्टिना फाइनलमा, क्रोएसिया बाहिरियो

सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना आठ वर्षपछि फिफा विश्वकपको फाइनलमा पुगेको छ। आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुगेर अर्जेन्टिना जर्मनीसँग पराजित हुँदा उपविजेता बनेको थियो।

लुसेल रंगशालामा मंगलबार राति भएको खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

Sana Kishan

त्यसको ५ मिनेट नबित्दै अल्भारेजले गरेको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। दोस्रो हाफमा मेसीले बाइ लाइन नजिकबाट दिएको पासलाई ६ यार्ड बक्स भित्र अन्मार्क्ड रहेका अल्भारेजले गोलमा परिणत गर्दै अर्जेन्टिनाका लागि ३–० को जित सुनिश्चित गरे।

World Link Ads
Mahakali Polytechnic

अर्जेन्टिनाले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.