सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै

बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो।

Sana Kishan

जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सञ्चालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए। प्रतियोगिताको तयारी पूरा भइसकेको छ। प्रतियोगितामा दोगडाकेदार गाउँपालिका बाहेक ९ ओटा स्थानीय तह र एक आयोजक गरी १० ओटा टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार ट्रफी वितरण गरिने आयोजकले जनाएको छ । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close