सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयोगले पर्सि समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने

निर्वाचन आयोगले मंसिर २६ गते (सोमवार) सम्म समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरुले शनिवार आज बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनु भयो।

Sana Kishan

हालैसम्पन्न चुनावमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ सिट सङ्ख्या प्राप्त गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले त्यही अनुसार काम गर्ने बताउनु भयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.