सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले दियो स्कटल्यान्डलाई १ सय २० रनको लक्ष्य

23
Sana Kishan

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा नेपाल एक सय १९ रनमै अलआउट भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई÷दुई विकेट लिए ।

Arus

एक सय २० रनको सामान्य लक्ष्य पाएको स्कटल्यान्डले केही बेरमा ब्याटिङ थाल्दै छ ।

Karnali Traders

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् । हिजो बुधवार भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो ।

त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक÷एक अङ्क बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।

सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३१ खेलमा ४४ अङ्कका साथ शीर्ष स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.