सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनवरीदेखि सुरु हुँदै फाइभजी

नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने ।

Sana Kishan

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए । मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो । सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ । जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.