भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएको छ । ढाकामा भएको रोमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले हरायो ।
भारतले दिएको एक सय ८७ रनको लक्ष्य बङ्गलादेशले ४६ ओभरमा नौ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि लिटन दासले ४४, मेहदी हसनले नटआउट ३८ रन बनाए । बलिङतर्फ भारतका मोहमम्द सिराजले तीन तथा कुलदीप सेन र वाशिङ्टन सुन्दरले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत ४१ ओभर २ बलमा एक सय ८६ रन बनाउँदा अलआउट भयो । भारतका लागि केएल राहुलले ७३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसनले पाँच र इबादत होसैनले चार विकेट लिए ।

बङ्गलादेशले सात वर्षपछि भारतलाई एकदिवसीय क्रिकेटमा हराएको हो । यसअघि सन् २०१५ मा बङ्गलादेशले भारताई एकदिवसीय क्रिकेटमा हराएको थियो ।
बङ्गलादेशले तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ । यी दुई टोलीले दुई खेलको टेस्ट क्रिकेट पनि खेल्ने तालिका छ । उज्यालो अनलाइन बाट सभार
