
किलियान एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्यान्डलाई ३–१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। अल थुमामा रंगशालामा ओलिभर जिरुडले ४४औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले पहिलो हाफमा १–० को अग्रता लिएको थियो।
ओस्मान डेम्बेलेले ७४औं मिनेटमा दिएको पासमा पासमा उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। पोलिस रक्षापंक्तिमाथि हाबी बनेका एम्बाप्पेले इन्जुरी समयमा गरेको गोलसँगै फ्रान्सले अग्रता ३–० मा लम्ब्याएको थियो।


पेनाल्टी एरियामा उपामेकानोले बल ह्यान्ड गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि एक गोल फर्काए।
फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्ने छ। अन्नपूर्ण पोस्ट बाट सभार
