
अस्पताल भर्ना भएका ब्राजिलका फुटबलर पेलेले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन्।
उनले आफू बलियो रहेको र सकारात्मक रहन फ्यानहरुलाई आग्रह गरेका हुन्।

पेलेको स्वास्थ्य अवस्था खराब रहेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि उनले आफू ठिक अवस्थामा रहेको र सबैलाई सकारात्मक सोचिदिन आग्रह गरेका हुन्।
उनले आफ्ना फ्यानहरुले पठाइरहेको सन्देश र विश्वकममा ब्राजिलले खेलिरहेको खेल हेरेर आफूलाई थप उर्जा मिलेको बताएका छन्।
शनिबार राति इन्स्ट्राग्राममा लेखेका छन्,’ मेरा साथीहरु। मेरो स्वास्थ्य अवस्था ठिक छ। सबैजनालाई सकारात्मक सोचिदिन आग्रह गर्दछु। तपाईंहरुको आसिरवादले थप शक्ति प्राप्त भएको छ। मेरो उपचारमा संलग्न चिकित्सक टोलीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।’
उनले विश्व कपमा ब्राजिललाई हेरिरहेको र यसले आफूलाई थप उर्जा मिलिरहेको बताएका छन्।,’म भगवानमा विश्वास गर्छु। तपाईहरुले स्नेहपूर्वक पठाएका सन्देश र विश्वकपमा ब्राजिलले खेलेको देखेर थप शक्ति मिलेको छ,’उनले इन्स्ट्राग्राममा लेखेका छन्।

विश्वकपमा ब्राजिल अन्तिम १६ मा पुगेको छ। सोमबार राति क्वाटर फाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्नेछ।
लामो समयदेखि क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय पेलेलाई किमोथेरापीले काम नगरेपछि इन्ड अफ लाइफ केयरमा सारिएको छ।
शरीर सुन्निने र मुटुको समस्या देखिएपछि उनलाई ३० नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो।
उनलाई ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न्।
उनले सन् १९५८,१९६२ र १९७९ गरी तीनपटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए।
पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए। यो हालसम्मकै कीर्तिमान हो। उनले आफ्नो व्यवसायिक करियरमा कूल १३६३ खेल खेलेका छन्। जसमा १२८१ गोल गरे। अन्नपूर्ण पोस्ट बाट सभार
