सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो।

Sana Kishan

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे। अमेरिकाका हाजी राइटले एक गोल फर्काए।

World Link Ads

खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए। खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २–१ को स्थितिमा ल्याए।

खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ को सहज जित दिलाए। यस जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close