सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिममा पनि समानुपातिक तर्फ एमालेले पायो झण्डै साढे २ लाख मत

सुदूरपश्चिम प्रदेशमा समानुपातिक तर्फको ८ लाख ३८ हजार बढि मतको गणना सकिएको छ । बाजुरा बाहेकका प्रदेशका ८ जिल्लाका १५ निर्वाचन क्षेत्रमा ८ लाख ३८ हजार ८८४ मतको गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार समानुपातिकमा नेकपा एमालेले दुई लाख ४८ हजार ८४० मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेको छ भने नेपाली कांग्रेस दोस्रोमा छ । कांग्रेसले दुई लाख ४३ हजार २९ मत प्राप्त गरेको छ ।

Sana Kishan

तेस्रो स्थानमा देखिएको नेकपा माओवादी केन्द्रले एक लाख १८ हजार ९०३, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ हजार ८०८ मत पाएको छ । एमालेबाट फुटेर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने ४१ हजार ८३९ मत मात्र प्राप्त गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

नेपाली कांग्रेस (बीपी)ले ६ हजार ९५० मत पाउँदा राष्ट्रिय जनमोर्चाले ४ हजार ४९० मत प्राप्त गरेको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.